सुख्खा पहिरोले भोटखोला जाने सडक पाँच दिनदेखि अवरुद्ध
News Desk
May-08 , 2022 तारिख 12:53 बेलुका

संखुवासभा – २५   बैशाख २०७९ 

संखुवासभा, संखुवासभामा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तर-दक्षिण सडक खण्ड अन्तरगर्तको किमाथाङ्का-खाँदबारी सडक पाँच दिन देखि अवरुद्ध हो । सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन् । 

मकालु गाउँपालिका-३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिनुभयो । इन्जिनियर रजकका अनुसार सुख्खा पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खण्ड खुलाउन समस्या भएको बताउनुभयो । सुख्खा पहिरोले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानीमा भएको छ ।

सडक खुलाउन उत्तर दक्षिण सडक कार्यालयले स्काभेटर त्यस क्षेत्रमा पुर्‍याएको भएपनि पहिरो नरोकिएका कारण सडकको पहिरो हटाउन समस्या भएको इन्जिनियर रजकले बताउनुभयो । त्यस क्षेत्रमा अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन । निर्वाचनको समय भएकोले नागरिकहरुको आवत जावतमा बृद्धि भएको छ । पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् ।