मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा पनि मत दिन पाउने
News Desk
May-12 , 2022 तारिख 02:20 बेलुका

 काठमाण्डाै – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिदै मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउने बताएका हुन ।

साथै, प्रमुख निर्वाचन आयुक्त थपलियाले चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताए ।