मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन
News Desk
May-12 , 2022 तारिख 02:55 बेलुका

काठमाडौँ  ।मौसम विभागले मतदानको दिन पानी पर्न सक्ने जानकारी गराएकाले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । ‘मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सोपश्चात् मतगणना कार्य प्रभावित नहुने गरी जोगाउनुपर्ने हुन्छ,’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।

आयोगले निर्वाचन सामग्रीसमेतको सुरक्षाका लागि पाल/त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गर्नुपर्ने भनेको छ ।