११३ वर्षिया गोपीमाया पोख्रेलबाट मतदान
News Desk
May-13 , 2022 तारिख 01:49 बेलुका

 

तनहुँ । ११३ वर्षिय गोपीमाया पोख्रेलले मतदान गर्नुभएको छ ।  भानु नगरपालिका ०५ स्थित महादेवता आधारभुत विद्यालय मतकेन्द्रबाट पोख्रेलले आफनो मत खसाल्नु भएको हो । बि. स. १९६६ साल भाद्र ०६ गते जन्मिनुभएकी पोख्रेल यो उमेरमा पनि मतदान गर्न पाउँदा हर्षित देखिनु हुन्थ्यो । उहाँलाई छोराहरु चोपकान्त र तारानाथ पोख्रेलले मतदान केन्द्रसम्म पुग्न सघाउनु भएको थियो । उहाँले बुथमा पुगेर भोट हाल्नुका साथै, जनप्रतिनिधीहरुलाई आफनो स्थानिय ठाउँको विकास गर्न हौसला मिलोस भन्ने शुभेच्छा समेत व्यक्त गर्नु भयो  । ११३ वर्षिया गोपीमायाको स्वास्थ्य अवस्था सामान्य रहेको र हिडडुल गर्न समेत कुनै समस्या नरहेको छोरा तारानाथ पोख्रेलले बताउनुभयो ।