कर्मचारीले अन्यत्रै छाप लगाइदिएको वृद्धाकाे आरोपपछि मतपेटिका तोडफोड
News Desk
May-13 , 2022 तारिख 02:28 बेलुका

 

सप्तरी । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि मतपेटिका तोडफोड भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विवादले अग्ररुप लिएपछि मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा उक्त घटना भएको हो ।

मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए  ।