युएईका राष्ट्रपति खलिफाको ७३ वर्षको उमेरमा निधन
News Desk
May-13 , 2022 तारिख 05:39 बेलुका

 

काठमाडौं ।  संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा शुक्रबार  निधन भएको छ । 

यूएईको एक प्रान्त आबुधाबीका राजा समेत रहेका राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ । यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

शेख खलिफा विगत केही वर्षदेखि बिरामी थिए । उनले आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २०१४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका  थिए । शेख खलिफा आधुनिक यूएईका निर्माता पनि मानिन्छन्।