News Desk
मनाङ । नेकपा एमालेले मनाङको चामे गाउँपालिकामा जित दर्ता गर्दै विजयी खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले २०७९ स्थानिय तह निर्वाचनमा पालिका प्रमुख मध्येबाट निर्वचित हुनेमा पहिलो नतिजा हासिल गरेका हुन । उनले ३२० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत ल्याउन सफल भए । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए ।