स्थानीय तह प्रमुखमा काँग्रेस १ सय ४ सहित अग्रता लिदै, ५८ तहमा एमाले अगाडी
News Desk
May-14 , 2022 तारिख 11:48 बिहान

 

काठमाडौं ।  शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणाम अनुसार कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ भने दोस्रो स्थानमा एमाले छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेसले  १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर/उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर/उपाध्यक्षमा जित हासिल गरेको छ ।

अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ । एमालेका उपमेयर/उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ३२ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर/उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर/ अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।