सुधारोन्मुख नतिजा पस्कदै राप्रपा
News Desk
May-15 , 2022 तारिख 12:07 बेलुका

 काठमाडौं । स्थानिय तह निर्वाचन २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुधारोन्मुख नतिजा पस्किएको छ । अघिल्लो स्थानीय निर्वाचनमा देशभर जम्मा ६३ वटा वडा र ५ पालिकामा जित हासिल गरेको राप्रपाको पक्षमा यसपाली २.२५ प्रतिशत मात्र मतगणना सकिँदा अघिल्लो चुनावको तुलनामा राम्रो माहोल देखिएको हो । हालसम्मको ताजा परिणाम अनुसार राप्रपाले १३ वटा वडामा जित हासिल गरेको छ ।

कहाँ कहाँ जित्यो ?

कपिलवस्तुको कृष्णनगरमा १ मा राप्रपाका टुकनाथ चौधरीले प्यानलसहित जित हासिल गरे । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ नम्बर वडा अध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भए । यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिका-१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान) ले जितेका छन् । चितवनको माडी नगरपालिका(चितवन) वडा नं. १ को अध्यक्ष पदमा अमित लामा विजयी हुँदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ को अध्यक्षमा छेदीलाल श्रीवास्तवले प्यानलसहित जित हासिल गरेका छन् ।

नवलपरासी, रामग्राम-१ को अध्यक्षमा राप्रपाका रुद्रप्रसाद सिंह लगायत सम्पूर्ण उमेदवारहरु निर्वाचित भए । डोटीको केआई सिंह गाउँपालिका-७ को अध्यक्षमा राप्रपाका दिलबहादुर बलायर प्यानलसहित विजयी भएका छन् । यस्तै, बैतडीको सुर्नया गाउँपालिका-२ मा र गणेशबहादुर विष्ट प्यानलसहित निर्वाचित भएका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-७ को अध्यक्षमा उमेश कार्कीले पनि प्यानलसहित जितेका छन् । धादिङको खनियाबास गाउँपालिका-१ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी हुँदा रुपहेन्दीको ओमसतियामा बेलबहादुर बरालको प्यानलले जितेको छ । यस्तै, कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्षमा बिक्रम चन्दसहित प्यानल