ललितपुर महानगरपालिका १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी
News Desk
May-15 , 2022 तारिख 12:53 बेलुका

 ललितपुर । ललितपुर महानगरपालिका- १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तण्डुकार विजयी भएका छन् । पुतली चुनाव चिन्ह लिएर उठेका उनी कुल १७ सय २६ भोट खसेको उक्त वडामा ६ सय ६१ मतका साथ विजयी भएका हुन । उनले प्रतिद्वन्द्वी कांग्रेसका ध्रुवराज तण्डुकारलाई २ सय १६ मतान्तरले पछि पारे । २०७४ सालकाे चुनावमा उनले कांग्रेसबाट चुनाव लडेर वडाध्यक्ष जितेका थिए । त्यतिबेला उनले ६ सय ९० मत ल्याएका थिए ।