तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली काँग्रेसका कृष्णराज पण्डितलाई अग्रता
News Desk
May-15 , 2022 तारिख 01:25 बेलुका

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली काँग्रेसका कृष्णराज पण्डितले अग्रता कायम गरेका छन् । ५६९२ मत गणना गर्दासम्म गठवन्धनका पण्डित ३०७९ मत सहित अग्रस्थानमा रहेका हुन । उनलाई नेकपा एमालेका मुक्ती तिमिल्सेनाले १९७१ ले पछयाई रहेका छन् ।

त्यस्तै, उप प्रमुखमा नेकपा माओवादी केन्द्रका खुम वहादुर विक (राजु) ले २३८५ र नेकपा एमालेकी फुलमाया वाग्लेले १९७७ मत प्राप्त गरेकी छन् ।