News Desk
काठमाण्डौं । वरिष्ठ साहित्यिक पत्रकार स्व। उत्तम कुँवरको स्मृतिमा वि।सं। २०४४ सालमा स्थापित ुउत्तम कुँवर स्मारक पुरस्कार गुठीु ले शताब्दीपुरूष सत्यमोहन जोशी र गिरीश गिरिद्वारा लिखित 'सत्यमोहन' नामक आत्मकथात्मक कृतिलाई वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको छ।उक्त पुस्तक शताब्दीपुरूष सत्यमोहन जोशीको एकशताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सृजनात्मक पुनर्लेखन गिरीश गिरिले गरेको हुनाले कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई २०७८ सालको ुउत्तमशान्ति पुरस्कारु संयुक्त रूपमा समर्पण गर्न लागिएको हो।
हाल यस पुरस्कारको राशी १ लाख रहेको छ। पुरस्कार यही उत्तम कुँवरको जन्मजयन्तिका अवसरमा यही जेठ १२ गते समर्पण गरिने कुरा ुउत्तम कुँवर स्मारक पुरस्कार गुठीुले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ुउत्तमशान्ति पुरस्कारु प्रदान गर्दै आइरहेको छ।२६ वर्षको उमेरमै ुश्रष्टा र साहित्यु नामक कृतिबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो।