News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह मेट्रो रफ्तारमा अघि बढेका छन् । केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर मतान्तरले उनी अघि छन् । बालेन केशव स्थापित भन्दा १३९० मतले अघि छन् । बालेनले २८२८ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १४३८ मत सहित दोस्रो र सिर्जना सिंहले १३४० मत प्राप्त गर्दै तेस्रोमा छन् ।
त्यस्तै उपमेयरमा २८८४ मत सहित नेकपा एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको ८२३ मत रहेको छ । काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। जहाँ ३२ वटा वडा छन । मतदान केन्द्र १५६ छन्।