News Desk
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की विजयी भएकी छिन् । अध्यक्षका निर्वाचित मिनाले १२६० मत ल्याइन् । उपाध्यक्षमा पनि कांग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भएका छन् । शेर्पाले १४११ मत ल्याए ।
निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ मत ल्याउँदा उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याईन् ।अहिलेसम्म गणना सकिएका स्थानीय तहको परिणामअनुसार प्रमुखमा विजयी हुने मिना एकमात्र महिला उम्मेदवार हुन् ।
यस्तै, सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् ।
९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए । निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उमेदवारले २७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेदवारले २७४ मत प्रप्त गरेका छन् ।