काठमाडौं महानगरको एघारौ मतपरिणाम सार्वजनिक: निरन्तर बढदै बालेन र सुनिताको मतान्तर
News Desk
May-16 , 2022 तारिख 03:06 बेलुका


काठमाडौं ।  निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साहको मतान्तर फेरी पनि बढेको छ ।  निर्वाचन आयोगले गरेको एघारौ मतपरिणाम सार्वजनिक अनुसार अन्य प्रतिस्पर्धीसँग उनको मतान्तर निरन्तर बढेको  छ । केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा उनले मतान्तर राखेका छन्  । बालेन केशव  स्थापित भन्दा ३१६९ मतले अघि छन् । १५९८३ मत गन्दासम्म बालेनले ६१९४ मत प्राप्त गर्दा  नेकपा एमालेका केशव स्थापितले ३२२५  मत सहित  दोस्रो र सिर्जना सिंहले २८५४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।                                                 

त्यस्तै उपमेयरमा ६३४६ मत सहित एमाले कि सुनिता  डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् ।  उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको १७८४ मत रहेको छ ।  

काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। जहाँ ३२ वटा वडा छन ।