२२ वर्षीय राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित
News Desk
May-16 , 2022 तारिख 03:37 बेलुका


सर्लाही ।  सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए।                                    

त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।

अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्। उनी काठमाडौंमा बिबिएस अध्ययनरत हुन ।