३७ जिल्लामा नेकपा एकीकृत समाजवादीको जित दर्ता
News Desk
May-16 , 2022 तारिख 04:14 बेलुका


काठमाडौं ।  स्थानीय तहको निर्वाचन २०७९मा हालसम्मको मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले ३७ जिल्लामा जित दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादीले २ गाउँपालिकामा प्रमुख, ७ मा उपप्रमुखमा, ७४ मा वडा अध्यक्ष र  २८० वडा सदस्यमा जित निकालेको छ  । एकीकृत समाजवादीबाट कुल ३६३ जनप्रतिनिधी चयन भएका छन् ।                                                    

७ प्रदेश स्थित कुन कुन जिल्लामा एकीकृत समाजवादीले जित निकाल्यो भन्ने विवरण यस्तो छ : 

सुदुरपश्चिम :
अछाम, बझाङ ,डढेलधुरा र डोटी 

कर्णाली:
डोल्पा,दैलेख र जुम्ला,मुगु, हुम्ला,कालीकोट, जाजरकोट, सल्यान 

लुम्बिनी :
रूपन्देही र गुल्मी 

गण्डकी:
बाग्लुङ र मुस्ताङ

बाग्मती: 
सिन्धुपाल्चोक, दोलखा,धादिङ  काठमाण्डौ, काभ्रे, नुवाकोट, ललितपुर 

मधेश : 
रौतहट,सर्लाही,धनुषा, सप्तरी ,सिरहा, बारा 

एक नं प्रदेश: 
झापा,इलाम,पांचथर ताप्लेजुङ्ग,संखुवासभा सुनसरी, खोटाङ, उदयपुर