News Desk
किर्तीपुर । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् । एमालेका प्रतिद्धन्दीलाई हराउदै उनी विजयी भएका हुन । नकर्मी मेयरमा निर्वाचित हुँदा कांग्रेसबाटै उप-मेयरमा शुभलक्ष्मी शाक्य (सुनिता) ले बाजी मारेकी छिन् । किर्तीपुरमा जित दर्ता गर्दै काँग्रेसले नयाँ रेकर्ड बनाएको छ । २०५४ र २०७४ सालकाे स्थानीय निर्वाचनमा यहाँ एमालेले लाल झण्डा फहराएको थियो ।