गृहमन्त्री खाण र चिनियाँ राजदूत बीच भेटवार्ता
News Desk
May-19 , 2022 तारिख 12:11 बेलुका

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो।

गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए।भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्।