माधव नेपालको गृहनगर गौरको मेयर र उपमेयर एकीकृत समाजवादी विजयी
News Desk
May-19 , 2022 तारिख 04:47 बेलुका

गौर ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिका मेयर र उपमेयर दुवैमामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।गौरको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका छन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीका अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ मत पाएका छन् । 

त्यस्तै नगर मेयर पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ९ मत पाई निर्वाचित भएकी छन् ।साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए ।

निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडामा जित हासिल गरेको छ । ५ मा स्वतन्त्र र ८ मा नेपाली काँग्रेसका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको छ । यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको छ ।