टाइब्रेकरमा रेन्जर्सलाई ५–४ ले पराजित गर्दै फ्रान्कफर्टले जित्यो युरोपा लिग
News Desk
May-19 , 2022 तारिख 05:08 बेलुका

सेभिया । टाइब्रेकरमा इन्ट्राख्ट फ्रायन्फर्टले रेन्जर्सलाई ५–४ ले पराजित गर्दै बुधबार युरोपा लिग जितेको छ । निर्धारित र अतिरिक्त समयको फाइनल १–१ को बराबरीमा टुंगेको थियो । रेन्जर्सका लागि आरोन राम्सीले पेनाल्टीमा गोल गर्न चुके । फ्रान्कफर्टका लागि भने राफेल बोरेले निर्णायक गोल गरे । उनले नै निर्धारित समयको खेलमा बराबरी गोल गरेका थिए ।रेन्जर्सले जोए एरिबोको गोलले अग्रता लिएको थियो । सन् १९८० यता फ्रान्कफर्टले युरोपेली उपाधि जितेको यो पहिलो पल्ट हो । दुवै क्बल आफ्नो इतिहासमा दोस्रो युरोपेली उपाधि जित्ने प्रयासमा थिए ।

यो जितसँगै फ्रान्कफर्ट अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । यसपल्टको फाइनल यात्राका क्रममा फ्रायन्कफर्टले रियल बेटिस, बार्सिलोना र वेस्ट ह्यामलाई पन्छाएको थियो ।