News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह र सुनिता डङोल अग्र स्थान छन् । निर्वाचन आयोगले गरेको ३२ औं मतपरिणाम सार्वजनिक अनुसार क्रमश: मेयर र उप मेयरका उम्मेदवार उनीहरुको मतान्तरमा निकै अघि रहेका छन् । बालेनले केशव स्थापित र सिर्जना सिंह भन्दा करिब दोब्बर अंकमा मतान्तर कायम राखेका छन् ।६०८९० मत गन्दा बालेन केशव स्थापित भन्दा १०८४५ मतले अघि छन् । बालेनले २२९६५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १२१२० मत सहित दोस्रो र सिर्जना सिंहले ११४१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले १९७८ मत प्राप्त गरेका छन् । बदर मत सँख्या २३०७ रहेको छ ।
त्यस्तै, उपमेयरमा २२५२२ मत सहित एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको ७९२४ मत रहेको छ ।