व्यास नगरपालिकाको प्रारम्भिक मतगणनामा मेयर/उपमेयर तर्फ क्रमस: स्वतन्त्र र रुखलाई अग्रता
News Desk
May-19 , 2022 तारिख 08:08 बेलुका


काठमाडौं ।  व्यास नगरपालिकाको प्रारम्भिक मतगणनामा मेयरतर्फका स्वतन्त्र उम्मेदवार दिपकराज जोशी अगाडि देखिएका छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार बैकुण्ठ  न्यौपाने भन्दा ७०६ मतले अघि छन् ।  पछिल्लो मत परिणाम अनुसार कैची चुनाव चिन्ह लिएर उठेका जोशीले २४५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी रुख चिन्हका न्यौपानेले १७४९ मत प्राप्त गरेका छन् ।  

त्यस्तै, उपमेयर तर्फ नेपाली काँग्रेसकी इन्दिरा दरैले २०१२ मत ल्याउदा नेकपा एमालेकी बसुन्धरा घर्तीले १९३४ मत प्राप्त गरेकी छिन् । हालसम्म  ५१७५मत गणना गरिएको  छ ।