News Desk
भारतको केन्द्र सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको अन्त:शुल्कमा उल्लेख्य कटौती गरेको छ ।
Reliable Life Insurance
शनिवार साँझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सर्वसाधारणलाई राहत दिनका लागि अन्त:शुल्क घटाइएको जानकारी दिएकी हुन । जसअनुसार केन्द्र सरकारले पेट्रोलमा लगाउँदै आएको अन्त:शुल्क प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रति लिटर ६ रुपैयाँका दरले कटौती गरिएको छ । यसबाट पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल प्रति लिटर ७ रुपैयाँका दरले सस्तो हुने पनि अर्थमन्त्री सितारमणले बताए ।
अन्त:शुल्क कटौतीबाट भारत सरकारलाई प्रतिवर्ष १ लाख करोड भा১रतीय रुपैयाँ बराबरको राजस्व गुम्ने पनि अर्थमन्त्री सीतारमणले जानकारी दिएकी छन् । यसैगरी भारत सरकारद्वारा सञ्चालित उजाला योजना अन्तर्गत वर्षमा १२ वटा खाना पकाउने ग्यासको सिलिण्डरमा प्रति सिलिण्डर २०० भारतीय रुपैयाँ अनुदान दिएर बढ्दो महंगीको मारमा परेका सर्वसाधारणलाई राहत दिने घोषणा गरिएको छ ।
RBB inner
सरकार सधैं जनताको साथमा रहेको भन्ने सन्देश दिन पनि यस्तो निर्णय गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । भारतमा अहिले सन् २०१४ यताकै सबैभन्दा बढी मूल्यवृद्धि भैरहेको छ ।