News Desk
धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) विजयी भएका छन्।सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राई भन्दा ५ हजारबढी मतान्तरले उनी मेयरमा निर्वाचित भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी नै रहेको छ।
उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन्।