भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
News Desk
May-23 , 2022 तारिख 10:50 बिहान

महेन्द्रनगर ─ ९ जेठ २०७९

महेन्द्रनगर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे ।

राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन् । त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् ।उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे । भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।