काठमाडौँ अपडेट : बालेनले ४३ हजार मतसहित अग्रता कायम गर्दा सिर्जना र केशव प्रतिस्पर्धामा
News Desk
May-23 , 2022 तारिख 10:54 बिहान

काठमाडौँ ─ ९ जेठ २०७९

काठमाडौँ, काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दोस्रो स्थानमा कायम छन् । सिर्जनाको २५५९९ मत आएको छ भने स्थापितले २५२६८ मत ल्याएका छन् ।

सिर्जनाको मत केशवको भन्दा ३३१ मतले बढी हो । पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् । उनको लौरो चिन्हमा ४३१६२ मत आएको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ । बालेन र सिर्जनाको मतान्तर १७५६३ छ ।