News Desk
काठमाडौं । ‘द फ्लिक मोडलिङ्’ को अडिसन शनिवार सम्पन्न भएको छ । उक्त अडिसन काठमाडौंको लाल दरबार लन्ज एण्ड रेस्टुरेष्ट दरबारमार्गमा आयोजनामा आएको हो । ‘जीवन भरको लागि आफ्नो सपना साकार पार्ने अवसर’ मुल नारा दिई आयोजित कार्यक्रममा १५ जना पुरुष मोडल र २५ जना महिला मोडलहरुले सहभागिता जनाएका थिए । तेन्जिङ सेतेन भुटिया, इन्टरनेशनल मोडल सविता कार्की, सिर्जना रेग्मी निर्णायक रहेको उक्त प्रतियोगितामा जयन सुब्बा मानन्धरले अफिसियल कोरियोग्राफरको भूमिका निभएका थिए ।
उक्त अडिसनका प्रतिस्पर्धी मध्ये निर्णायकबाट सिफारिस भई आएकालाई अर्को चरणका लागि छनौट गरिने आयोजक फोकस फेसन हाउसले जनाएको छ ।