News Desk
काठमाडौं ─ १० जेठ २०७९
काठमाडौं, गैरआवासीय नेपाली संघ एनआरएनएको विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ । संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए । बैठकले संघको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तराष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धती लगायतका विषयमा केन्द्रीत रहेर कार्यविधि बनाउने निर्णय गरेको छ ।
बैठकमा संघको १० औं महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो । बैठकले आगामी एक हप्ताभित्रमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसी र महासचिवद्धय गौरी जोशी र डा. केशव पौडेललाई समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ ।
बैठकमा समितिका सदस्यहरु उपाध्यक्षहरु महेश श्रेष्ठ,नरेन्द्र भाट,नारायण आचार्य, भूषण घिमिरे र यास्मीन वेगम सयैदको उपस्थिती थियो ।