ललितपुरको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा मन्जिला शाक्य विजयी
News Desk
May-24 , 2022 तारिख 08:23 बेलुका


ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । 

महर्जन एमालेका हरिकृष्ण व्यन्जनकारलाई भारी  मतान्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

मेयरमा  महर्जनले बाजी मार्दा उपमेयरमा भने मन्जिला शाक्य  विजयी भएकी छिन्  । उनले  माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई पराजित गर्दै विजय प्राप्त गरेकी हुन ।