News Desk
काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह र सुनिता डङोलले प्रतिस्पर्धीहरुलाई भारी अन्तरले पछि पारेका छन् । निर्वाचन आयोगले ७३ औं मतपरिणाम सार्वजनिक गरे अनुसार बालेनले करिब २० हजार र सुनिताले ४० हजारको मतान्तर कायम राखेका छन् । १६६३१३ मत गनिसक्दासम्म बालेन सिर्जना सिँह भन्दा २० हजार १ सय मतले अघि छन् । बालेनले ५४२१३ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी सिर्जना सिंहले ३४१८० दोस्रो र नेकपा एमालेका केशव स्थापितले ३३६०९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
त्यस्तै, उपमेयरतर्फ ६०६७५ मत सहित एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको २०६८६ मत रहेको छ ।