स्थानीय निर्वाचनको अब आठ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी
News Desk
May-25 , 2022 तारिख 11:10 बिहान

काठमाडौ ─ ११ जेठ २०७९

काठमाडौ, स्थानीय तह निर्वाचन अन्तर्गत अब आठ वटा पालिकाको मात्रै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । ७५३ मध्ये ७४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् ।

पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।