काठमाडौंको ७४ औँ अपडेट (मध्यान्ह १२ बजे) : जितको संघारमा बालेन र सुनिता
News Desk
May-25 , 2022 तारिख 12:21 बेलुका

काठमाडौं । निर्वाचन आयोगले दिएको काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार बालेन्द्र साह र सुनिता डङोलले प्रतिस्पर्धीहरुलाई भारी अन्तरले पछि पारेका छन् ।

निर्वाचन आयोगले ७४ औं मतपरिणाम सार्वजनिक गरे अनुसार बालेनले करिब २० हजार र सुनिताले ४० हजारको मतान्तर कायम राखेका छन् । करिब १६८,००० मत गनिसक्दासम्म बालेन सिर्जना सिँह भन्दा २० हजार १ सय मतले अघि छन् । बालेनले ५४६२८ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी सिर्जना सिंहले ३४४९२ दोस्रो र नेकपा एमालेका केशव स्थापितले ३३९८३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपमेयरतर्फ ६१३१८ मत सहित एमाले कि सुनिता डङोलले भारी अन्तरले अग्रता हासिल गरेकी छिन् । उनका प्रतिद्धन्दी रामेश्वर श्रेष्ठको २०९०६ मत रहेको छ ।