तुलसीपुरमा मेयर उपमेयर नै एमाले विजयी
News Desk
May-25 , 2022 तारिख 04:32 बेलुका

दाङ ─ ११ जेठ २०७९

दाङ, दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको छ ।खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मत अन्तरले पराजित गर्नुभयो ।

खड्काले ३१ हजार ४०८ मत पाउँदा गिरीले २७ हजार ७१७ मत पाउनुभयो । उपप्रमुखमा चौधरीले एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गर्नुभयो ।

चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभयो । तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जित्नुभएको छ ।