विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा ब्लुमिङ लोटसका तत्कालिन प्रिन्सिपल पक्राउ
News Desk
May-26 , 2022 तारिख 04:28 बेलुका

काठमाडौं, १२ जेठ 2079

 काठमाडौं, । इटहरीको ब्लुमिङ लोटस स्कुलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका छन् । कक्षा ९ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई ५ वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालिन प्रिन्सिपल खड्का पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको हो । खड्काले अस्पतालमा उपचारको लागि लैजाने भनेर  सीधै होटेलमा लगेर बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छिन् ।

जनहित गेस्ट हाउसमा विद्यार्थीलाई लगेर बलात्कार गरेका खड्काले विवाह गर्छु भनि फकाउने र बेइज्यत गरिदिने भन्दै धम्की दिँदै आएका थिए । पीडित किशोरीले २०७५ भदौ २ गते सुनसरी जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएकी थिइन् ।