News Desk
काठमाडौँ – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ।
चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका निर्णय बदर गर्दै अर्को स्थान खोज्न आदेश दिएको शर्माले जानकारी दिए। सर्वोच्चले निवेदकको माग बमोजिम रिट जारी गरेको हो।
बृहत पूर्ण इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा छन्। आदेशको लिखित कपी तयार हुँदै गरेको सर्वोच्चले जनाएको छ।