पेस्ताेल र गाेलीसहित २ जना ललितपुरबाट पक्राउ
News Desk
May-26 , 2022 तारिख 06:10 बेलुका

ललितपुर – जेठ 12, 2079

  ललितपुरबाट पेस्तोल र त्यसमा प्रयोग गरिने गोलीसहित दुई जना पक्राउ परेका छन् । 

ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । 

पक्राउ परेकाको साथबाट 'मेड इन यूएस' लेखिएको एउटा अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने चार वटा गोली प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।