News Desk
काठमाडौं ─ १३ जेठ २०७९
काठमाडौं, नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइनमार्फत हुने भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवालगायतका वेबसाइट र एप बन्द गरेको छ । प्राधिकरणले एक सुचना जारी गर्दै यस्ता अनलाइन र एप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेधका साथै यी एपहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
यस्ता अनलाइन र एपका बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध समेत गरेको छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले क्रिप्टो र हाइपर फन्ड जस्ता अवैध नेटवर्किङ व्यवसायमा लगानी बढाएपछि यसको असर रेमिट्यान्स अप्रावहमा देखिएको छ ।