काठमाडौँ महानगरको मत गणना सकियो, मेयरमा बालेन शाह विजयी
News Desk
May-27 , 2022 तारिख 12:32 बेलुका

काठमाडौं ─ १३ जेठ २०७९

काठमाडौं, काठमाडौँ महानगरपालिकाको मत गणना सकिएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणना १३ दिनपछि सकिएको हो । ३२ वडा रहेको काठमाडौँ महानगरमा यस पटक काँग्रेसले धेरै वडामा जितेको छ । काँग्रेसले कुल १९ वडाको वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १२ वडामा जित हासिल गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले एक वडामा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले १७ वडामा जित हासिल गरेको थियो भने काँग्रेसले १५ वडामा जितेको थियो । 

यस पटक एमालेले ५ वडा गुमाएको छ भने काँग्रेसले ४ वडा बढी जितेको छ । त्यस्तै एकीकृत समाजवादीले वडा नम्बर १५ मा जितेर काठमाडौँमहानगरमा आफ्नो उपस्थिति जनाएको छ । काँग्रेसले काठमाडौँ महानगरका वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० मा जित हासिल गरेको छ । त्यस्तै एमालेले १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ वडाको वडा अध्यक्ष जितेको छ ।

त्यस्तै एकीकृत समाजवादीले वडा नम्बर १५ जितेको छ ।
काठमाडौं महानगरको प्रमुख पदमा बालेन स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले र काँग्रसबाट उम्मेदवार रहेकी सृजना सिहलाई पछि पार्दै शाह विजयी बने । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित भएको छ । डंगोलले एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरिन ।