७ करोड बार्गेनिङ गरेको आरोपमा ६ ‘पत्रकार’ पक्राउ
News Desk
May-27 , 2022 तारिख 10:05 बेलुका

७ करोड बार्गेनिङ गरेको आरोपमा ६ ‘पत्रकार’ पक्राउ

काठमाडौं । ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले ६ ‘पत्रकार’सहित ७ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा उदयपुरको त्रियुगा-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी-८ का २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना-७ का धर्मराज थापा रहेका छन् ।

यस्तै काभ्रेपलान्चोकको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारी, गुल्मीको धुरकोट-२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

 


भण्डारी बाहेक सबै पत्रकार भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिसँग बार्गेनिङ गर्दै धाक धम्की दिएका थिए । ‘पीडितको कमीकमजोरी थाहा पाएर बार्गेनिङ गरेको देखिन्छ’, एक अनुसन्धान अधिकारीले भने ।