नेपाल क्यान्सर अस्पतालको पाँचौं वार्षिकोत्सवको अवसरमा वाकाथोन (पदयात्रा)
News Desk
May-28 , 2022 तारिख 07:33 बेलुका


ललितपुर ।  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले वाकाथन (पद यात्रा) कार्यक्रम आयोजना गरेको छ ।  पाँचौं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज क्यान्सरकाबारेमा जनचेतना जगाउन वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

उक्त पद यात्रा ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको थियो । पदयात्राका सहभागीहरुले नेपालीको क्यान्सर उपचार नेपाल मै’ लेखिएका ब्यानर’ बोकेका थिए ।  उक्त पदयात्रामा अस्पतालका अध्यक्ष डा. सुदिप श्रेष्ठ सहित चिकित्सकहरु, क्यान्सरबाट निको भएका सर्भाइभर, अस्पताल संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु एवम कर्मचारीहरु सहभागिता रहेको थियो ।

सहभागीहरुले पाटनको दरवार स्क्वायर र जावलाखेलमा ‘फ्ल्यास मुभ’ प्रदर्शन गरेका थिए । अस्पतालले हरेक वर्ष आफनो वार्षिकोत्सव कार्यक्रममा विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बताईन् ।