बजेट नागरिकको विकास र समृद्धिको आकांक्षामा केन्द्रित: अर्थमन्त्री शर्मा
News Desk
May-29 , 2022 तारिख 04:33 बेलुका

काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले बवेट प्रस्तुत गर्दै सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा राखेर बजेट बनाएको बताए ।

‘गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न बजेट केन्द्रीत गरेको छु,’ उनले भने ।
उनले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रम, संघीय सांसद र प्रदेश तथा स्थानीय सरकारको माग र सुझावमा आधारित भएर बजेट बनाएको बताए ।