कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने
News Desk
May-29 , 2022 तारिख 05:00 बेलुका

काठमाडौं–१५ जेष्ठ २०७९

काठमाडौं, कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने जानकारी दिनुभयो

यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो।

सरकारले कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ ।