अटो एसेम्बल गर्ने उद्योगलाई आयकरमा ४० प्रतिशत छूट
News Desk
May-29 , 2022 तारिख 07:27 बेलुका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/ ८० को बजेट प्रस्तुत गर्ने क्रममा सरकारले नेपालमा एसेम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतसम्म छूट दिने उल्लेख गरेका छन् ।

 

सरकारले उक्त सुविधा पाँच वर्षसम्मलाई दिने घोषणा गरेको हो । साथै, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्थापन हुने उद्योगलाई १५ वर्षसम्म सहुलियत दिने सरकारको घोषणा छ ।

 

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उक्त घोषणा गरेका हुन् ।