News Desk
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष अध्यक्ष डा. बाबुराम भट्टराईले बजेट परम्पराकै निरन्तरता भएको बताएका छन्।
कृषि उत्पादन तथा उद्योग स्थापनामा पर्याप्त प्राथमिकता नराखिएकाले उपलब्धिमुलक नहुने टिप्पणी गरे।
उनले वृद्धभत्ता ७० वर्षबाट ६८ वर्षमा झार्ने निर्णयमा पनि असन्तुष्टि जनाए।
’६८ वर्षमा घटाउन आवश्यक थिएन। सामाजिक सुरक्षा भत्ता परम्परागत नै आयो,’ उनले भने।
आफू ६८ वर्ष पुग्न लागेको भन्दै भत्ता नलिने घोषणा गरे। ‘म गरिब देशको नेता वृद्ध भत्ता लिएर जनतालाई थप भार पार्न चाहन। म नलिने घोषणा गर्छु,’ उनले भने।