एक परिवार एक विद्युतीय चुल्हो अनुदानमा
News Desk
May-29 , 2022 तारिख 07:59 बेलुका

 

काठमाडौं । सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।