News Desk
उदयपुर ─ १६ जेठ २०७९
उदयपुर, उदयपुरको कटारी नगरपालिका १४ भदौरेमा लोबेड गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग हुँदै सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बु जाँदै गरेको लोबेड गाडी आज राति २ बजे दुर्घटनामा परेको हो । ना८ख ८२९७ नम्बरको लोबेड सडकबाट करिब सय मिटर तल झरेर दुर्घटना भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा परी सिमरा उप-महानगरपालिका-१ का ३३ बर्षीय चालक सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । लोबेड आफैँ अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।