चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत
News Desk
May-30 , 2022 तारिख 03:13 बेलुका

चितवन ─ १६ जेठ २०७९

चितवन, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत भएका छन ।
स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी यादवलाई पुरस्कृत गरेको हो । 

एसपी अधिकारिलाइ प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन । उक्त अवसरमा अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको थियो ।