News Desk
काठमाडौं ─ १७ जेठ २०७९
काठमाडौं, गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबले यहि २६ मेई २०२२ शुक्रवारका दिन गैर आबासिय नेपाली संघकै लोगो र लेटर हेड प्रयोग गरि तदर्थ समिति गठन गरेर जनमानसमा भ्रम सिर्जना गरिएको विषय प्रति गैर आबासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद साऊदी अरबको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘संस्थागत लोगो र लेटर हेड अनधिकृत प्रयोग गरिरगराइ गैर कानुनी कार्य गरेको प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब घोर आपत्ति प्रकट गर्दछ । यसका साथै गैर आवासीय नेपाली संघको लोगो र लेटर हेड तत्काल हटाउन जोडदार माग गर्दछ । यस्तो निहित र भ्रामक कार्यहरु प्रति सजग र सचेत रहन ल्ऋऋ ,च्ऋऋ ,ीऋऋ लगायत सम्पुर्ण पदाधिकारीहरू पंजीकृत सदस्यहरु तथा आप्रवासी नेपालीहरू, संघ संस्थाहरू प्रति हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा छ ।
विज्ञप्तिमा एनआरएनए साउदी अरब विधानअनुरुप गत ३० जुलाई २०२१ को महाधिवेशनले राष्ट्रिय समन्वय परिषदको विधिवत गठन भई आप्रवासीहरूको सेवामा कृयाशील रहेको पनि जनाइएको छ ।
-प्रेस विज्ञप्ति-
गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको विधान अनुरुप गत ३० जुलाई २०२१ को महाधिवेशनले राष्ट्रिय समन्वय परिषदको विधिवत गठन भई आप्रवासीहरूको सेवामा कृयाशील रहेको तपाई सम्पूर्णको माझ सर्वबिदित नै छ।
तत् उप्रान्त यहि २६ मेई २०२२ शुक्रवारका दिन गैर आबासिय नेपाली संघकै लोगो र लेटर हेड प्रयोग गरि तदर्थ समिति गठन गरेर जनमानसमा भ्रम सिर्जना गरिएको विषय प्रति गैर आबासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद साऊदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ ।
संस्थागत लोगो र लेटर हेड अनधिकृत प्रयोग गरि/गराइ गैर कानुनी कार्य गरेको प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब घोर आपत्ति प्रकट गर्दछ ।
यसका साथै गैर आवासीय नेपाली संघको लोगो र लेटर हेड तत्काल हटाउन जोडदार माग गर्दछ।
यस्तो निहित र भ्रामक कार्यहरु प्रति सजग र सचेत रहन NCC ,RCC ,LCC लगायत सम्पुर्ण पदाधिकारीहरू पंजीकृत सदस्यहरु तथा आप्रवासी नेपालीहरू, संघ संस्थाहरू प्रति हार्दिक अपिल गर्दछ।
गैर आवासीय नेपाली संघ
राष्ट्रीय समन्वय परिषद
साउदी अरब