टानको ४४ औं वार्षिकोत्सब सम्पन्न
News Desk
May-31 , 2022 तारिख 05:48 बेलुका


ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन् अफ नेपाल (टान) ले ४४ औं वार्षिकोत्सब नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,पर्यटन बिभागका महानिर्देशक श्री तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा टानकै सचिवालयमा कार्यक्रम भब्यता को साथ सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा कोरोनाको चरम अवस्थामा टानले सन्चालन गरेको फुड बैंक कार्यक्रममा सहयोग गर्ने महानुभावलाइ प्रसंशापत्र द्वारा सम्मान गरिएको थियो। टानका अध्यक्ष श्री खुम बहादुर सुबेदिले महानिर्देशकज्युलाई टानको समस्याबारे अवगत गराउदै सहयोगी भुमिका खेल्न आग्रह गर्नुभयो। 

कार्यक्रममा टानका नि.बर्तमान अध्यक्ष श्री नवराज दाहाल, पुर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष श्री चन्द्र रिजाल, नारा, तथा एन्टिभिएका अध्यक्षज्युहरु, महासचिव ज्युहरु, टानका पदाधिकारीज्युहरु , कार्यसमिति सदस्यज्युहरु र साधारण स्दस्यज्युहरु, पत्रकार लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो। महासचिव श्री  सरिता लामाले कार्यक्रमको संचालन गर्नु भएको थियो।